जम्मा ७२० नमूना परिक्षण भएका मध्ये १३४ जना अर्थात १८ प्रतिशत संक्रमीत भए।
जेष्ठ २४,२०७८
चितवन । सोमबार चितवनमा ६२९ जनाको पिसिआर परिक्षण गर्दा ११२ र ९१ को एन्टिजेन परिक्षा गर्दा २२ जना गरि थप १३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप ९ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।
स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ९६ जना संक्रमीत थपिए भने खैरहनि नगरपालिकामा ८ ,माडि नगरपालिकामा ८ ,रत्ननगरमा ३ ,राप्तीमा ३ , कालिकामा ५ र इच्छाकामनाका ४ जनामा संक्रमण पुष्टि भएको हो ।
चितवनका विभिन्न अस्पतालमा १४१ जनाको आइसियुमा , जसमा ३५ जनाको भेन्टिलेटर र ४३ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १८१७ जना रहेका छन।
चितवनका विभिन्न अस्पतालमा मृत्यु भएका मध्ये चितवनका ३ जना नवलपरासी २ , सर्लाही १, लमजुङ १, कपिलवस्तु १ र दाङका १ रहेका छन।
आज मृत्यु भएका मध्ये भरतपुर अस्पतालमा ३ चितवन मेडिकल कलेजमा ५ र बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १ जना रहेका छन।
यो सगै चितवनमा कुल मृतकको संख्या २३० जना पुगेको छ । आज चितवनका अस्पतालहरुबाट थप ३० डिस्चार्ज भएका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८