• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

निषेधाज्ञामै दोस्रो पटक बढ्यो इन्धनको मुल्य

  • खबरदाता

निषेधाज्ञामै दोस्रो पटक बढ्यो इन्धनको मुल्य

जेष्ठ २२,२०७८

नेपाल आयल निगमले निषेधाज्ञाको बीचमै दोस्रोपटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बृद्धि गरिएको निगमले जनाएको छ ।

मूल्यबृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजेल तथा मट्टितेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको छ । गत जेष्ठ दुई गते पनि निगमले इन्धनको मूल्य बृद्धि गरेको थियो ।

भारतीय आयल कर्पोरेसनबाट मुल्य बढेर आएकोले नेपालमा पनि समायोजन गर्दा मुल्य बढेको निगमको दाबी छ । नयाँ मुल्य शनिबार राति १२ बजेबाट लागू हुनेछ ।

अझै पनि निगमलाई पेट्रोलमा ५ रुपैयाँ ३२ पैसा, डिजेल तथा मट्टितेलमा ३ रुपैयाँ १७ पैसा र खाना पकाउने ग्यासमा २५८ रुपैयाँ ४६ पैसा प्रतिसिलिण्डर घाटा रहेको निगमको भनाइ छ ।

  • प्रकाशित मिति : जेठ २२, २०७८, शनिवार १५:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८