• वैशाख ८, २०८१, शनिवार Saturday, 20 April, 2024

चितवनमा १३८ थपिए , ९ जनाको मृत्यु

  • खबरदाता

चितवनमा १३८ थपिए , ९ जनाको मृत्यु

जेष्ठ २१,२०७८

चितवन । शुक्रबार चितवनमा ६२० जनाको पिसिआर परिक्षण गर्दा ९३ र ११२ को एन्टिजेन परिक्षा गर्दा ४५ जना गरि थप १३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप ९ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ९१ जना संक्रमीत थपिए भने खैरहनि नगरपालिकामा १० ,माडि नगरपालिकामा ३ ,रत्ननगरमा १२ ,राप्तीमा ५ , कालिकामा ५ र इच्छाकामनाका १२ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनका विभिन्न अस्पतालमा १५६ जनाको आइसियुमा , ३८ जनाको भेन्टिलेटरमा र ३७ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत ३४१० जना रहेका छन।

चितवनका विभिन्न अस्पतालमा मृत्यु भएका मध्ये चितवनका १ जना , पर्सा १,सर्लाही १,कपिलवस्तु १, गोरखा १, मकवानपुर १, लमजुङ १ रुपन्देही १ र नवलपुका १ रहेका छन।

आज मृत्यु भएका मध्ये भरतपुर अस्पतालमा ३ चितवन , मेडिकल कलेजमा २ र पुरानो मेडिकल कलेजमा ३ र बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १ जना रहेका छन।

यो सगै चितवनमा कुल मृतकको संख्या २२५ जना पुगेको छ । आज चितवनमा थप ४२ जनाले कोरोना जितेका छन।

  • प्रकाशित मिति : जेठ २१, २०७८, शुक्रवार ०९:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८