• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

आज ५९०४ जना निकोहुँदा ६८२५ थपिए

  • खबरदाता

आज ५९०४ जना निकोहुँदा ६८२५ थपिए

जेष्ठ २० ,२०७८

चितवन । आज एकै दिनमा ५९०४ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ४ लाख ६७ हजार ४६७ रहेको छ । यो ८१ प्रतिशत हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप ६८२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ ।

देश भर १८५६२ को पिसिआर परिक्षण गर्दा ५८२५ र ३२११ जनाको एन्टिजेन परिक्षण गर्दा १००० जना गरि कुल ६८२५ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका ९८ जना रहेका छन्।

आज थप ७५ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७६३० पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर १ लाख १ हजार ८३९ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ८३१ रहेकोछ ।

  • प्रकाशित मिति : जेठ २०, २०७८, बिहीवार ११:२९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८