राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको गाडी दुर्घटना

  • खबरदाता
  • जेठ २०, २०७८

जेष्ठ २०,२०७८

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको गाडी दुर्घटनामा परेको छ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको बा २ झ नम्बरको हाइलक्स गाडी चितवनको भरतपुर २२ स्थिति धनौजी खोलमा दुर्घटना भएको हो। गाडी खोलाको कल्भर्टमा ठोकिएर करिब १० फिट तल खसेको इलाका प्रहरी कार्यालय गितानगरले जनाएको छ ।

भरतपुरबाट बाटुली पोखरी फिल्ड निरीक्षणका लागि जाँदै गर्दा बिहिवार दिउँसो करिब ३ बजेको समयमा सो दुर्घटना भएको हो । गाडीमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम चितवनका प्रमुख रमहरी पन्त सवार थिए।
गाडीमा प्रमुख पन्त , चालक भिम बहादुर थापा र अन्य एक जना रहेका थिए भने पन्त आफैले गाडी चलाएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा पन्त र अन्य एक जना सामान्य घाइते भएका छन।

  • खबरदाता
  • प्रकाशित मिति:जेठ २०, २०७८

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८