चितवनमा ९८ जना पोजेटिभ , ५ को मृत्यु

  • खबरदाता
  • जेठ २०, २०७८

जेष्ठ २०,२०७८

चितवन । आज चितवनमा ६२० जनाको पिसिआर परिक्षण गर्दा ८२ र ६८ को एन्टिजेन परिक्षा गर्दा १६ जना गरि थप ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप ५ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ७४ जना संक्रमीत थपिए भने खैरहनि नगरपालिकामा ४ ,माडि नगरपालिकामा ८ ,रत्ननगरमा ७ ,राप्तीमा २ , कालिकामा २ र इच्छाकामनाका १ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनका विभिन्न अस्पतालमा १५९ जनाको आइसियुमा , ४० जनाको भेन्टिलेटरमा र ३४ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत ४१७७ जना रहेका छन।

चितवनका विभिन्न अस्पतालमा मृत्यु भएका मध्ये चितवनका ३ जना , धादिङ १ र लमजुङ १ रहेका छन।

आज मृत्यु भएका मध्ये भरतपुर अस्पतालमा १ चितवन , मेडिकल कलेजमा २ र पुरानो मेडिकल कलेजमा १ र अन्य अस्पतालमा १ जना रहेका छन।

यो सगै चितवनमा कुल मृतकको संख्या २२४ जना पुगेको छ । आज चितवनमा थप ३९ जनाले कोरोना जितेका छन।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८