• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

झापाका स्थानीय तहलाई ७ अर्ब १८ करोड ४४ लाख बजेट

  • खबरदाता

झापाका स्थानीय तहलाई ७ अर्ब १८ करोड ४४ लाख बजेट

जेष्ठ २०,२०७८

सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि झापाका १५ स्थानीय तहलाई ७ अर्ब १८ करोड ४४ लाख रुपैयाँ विनियोजन गरेको छ । सार्वजनिक बजेटअनुसार ८ वटा नगरपालिकाका लागि ४ अर्ब ५९ करोड २९ लाख विनियोजन भएको छ ।

जसमा सबैभन्दा बढी मेचीनगरलाई ७६ करोड ५२ लाख बजेट छ । ७ वटा गाउँपालिकाका लागि सरकारले २ अर्ब ५९ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । गाउँपालिकातर्फ सबैभन्दा बढी कमल गाउँपालिकालाई ४८ करोड ३३ लाख बजेट छुट्टिएको छ ।

सरकारले आर्थिक वर्ष ०७८र७९ का लागि प्रदेश र पालिकाका लागि झन्डै चार खर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले सात प्रदेशमा एक खर्ब तीन अर्ब ७० करोड रुपैयाँ र सात सय ५३ पालिकाका लागि दुई खर्ब ८३ अर्ब एक करोड रुपैयाँ विनियोजन गरेको हो ।

आउँदो आर्थिक वर्षका लागि तीन खर्ब ८६ अर्ब ७१ करोड ७२ लाख रुपैयाँ वित्तीय हस्तान्तरणका माध्यमबाट प्रदेश र पालिकामा जाने भएको हो । बजेटअनुसार गाउँपालिकामा एक खर्ब ३९ अर्ब १९ करोड, नगरपालिकामा एक खर्ब २३ अर्ब ९६ करोड, उपमहानगरपालिकामा नौ अर्ब ७६ करोड र महानगरपालिकामा १० अर्ब नौ करोड रुपैयाँ हस्तान्तरण हुने भएको छ ।

  • प्रकाशित मिति : जेठ २०, २०७८, बिहीवार ००:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८