• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

ढुङ्गा, गिट्टी, वालुवा निकासी- तराई बिरुद्ध आत्माघाति कदम : नेता नेपाल

  • खबरदाता

ढुङ्गा, गिट्टी, वालुवा निकासी- तराई बिरुद्ध आत्माघाति कदम : नेता नेपाल

जेष्ठ १९,२०७८

नेकपा एमालेका बरिस्ठ नेता माधब कुमार नेपालले खानीजन्य ढुङ्गा, गिट्टी, वालुवा निकासी गरी व्यापार घाटा कम गर्ने सरकारको योजना आत्माघाती कदम भएको बताएका छन।

नेता नेपालले सरकारले अध्यादेश मार्फत ल्याएको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा ‘खानीजन्य ढुंगा, गिट्टी र वालुवा निकासी गरि व्यापार घाटा कम गर्ने’ योजना समेटिएको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएका छन।

सरकारले बजेटमै ‘वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, वालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ, निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी विन्दुसम्म रोप–वे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुलमा छुट दिने दिने व्यवस्था मिलाएको छु’ भनि लेखेको छ । यो खुल्लम खुल्ला तराई मधेश क्षेत्रलाई मरुभूमि बनाउने घोषणा हो ।

आधा भन्दा बढी नागरिकको बसोबास रहेको तराई क्षेत्रको जीवन र शिवालिक सभ्यतानै चुरे क्षेत्रमा निर्भर छ । त्यहि चुरे मासेर ढुंगा, गिट्टी र वालुवा निर्यात गरि व्यापार घाटा कम गर्ने योजना गंभीर छ ।

उनले आफ्नो पालामा चुरे क्षेत्रको संरक्षण नगरि तराईको उर्वर भूमि, सिमसार र सिंगो मानव सभ्यता नै संकटमा पर्ने तथ्यलाई बुझेरनै आर्थिक वर्ष २०६६।६७ मा ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रमझको आरम्भ गरेको बताएका छन।त्यो ब्र्ला देखिनै यो राष्ट्रिय गौरवको आयोजनाका रुपमा कार्यान्वयन हुँदै आएको छ ।

तसर्थ, चुरे दोहन गरेर मुलुकको आधा जनसंख्यालाई भोकमरी, भूक्षय र डुबानमा पार्ने योजना जनघाती छ ।
यस्तो देश हित विपरितको र जनघाती निर्णय तत्काल सच्याउन माग गर्दछु , उनले भनेका छन।

  • प्रकाशित मिति : जेठ १९, २०७८, बुधवार १५:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८