जेष्ठ १९ ,२०७८
चितवन । आज एकै दिनमा ७२१९ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ४ लाख ६१ हजार ५६३ रहेको छ । यो ८०.८ प्रतिशत हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार थप ५३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ५ लाख ७१ हजार १११ पुगेको छ ।
देश भर १३८०५ को पिसिआर परिक्षण गर्दा ४५२४ र ३०७३ जनाको एन्टिजेन परिक्षण गर्दा ७९२ जना गरि कुल ६०८५ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका ९५ र उपत्यका १४५६ जना रहेका छन्।
आज थप १०१ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७५५५ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर १ लाख ४ हजार ७८९ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ८३७ रहेकोछ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८