• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

चितवनमा घटे संक्रमित ,आज ९५ जना पोजेटिभ

  • खबरदाता

चितवनमा घटे संक्रमित ,आज ९५ जना पोजेटिभ

जेष्ठ १९ ,२०७८

चितवन । पछिल्लो चौबीस घन्टामा चितवनमा ७६८ जनाको पिसिआर परिक्षण गर्दा ७३ र ४४ को एन्टिजेन परिक्षा गर्दा २२ जना गरि थप ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप १७ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ५७ जना संक्रमीत थपिए भने खैरहनि नगरपालिकामा १३ ,माडि नगरपालिकामा ४ ,रत्ननगरमा ४ ,राप्तीमा १३ , कालिकामा १ र इच्छाकामनाका ३ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनका विभिन्न अस्पतालमा १७० जनाको आइसियुमा , ३८ जनाको भेन्टिलेटरमा र ३६ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत ४६०५ जना रहेका छन।

चितवनका विभिन्न अस्पतालमा मृत्यु भएका मध्ये मकवानपुरका २ जना , पाल्पा १,गोरखा २,रौतहट २, नवलपरासी ६, तनहुँ १,गुल्मी १ रुपन्देही १,सर्लाही १ रहेका छन।

आज मृत्यु भएका मध्ये भरतपुर अस्पतालमा २,चितवन , मेडिकल कलेजमा ११ र पुरानो मेडिकल कलेजमा ४ जना रहेका छन।

यो सगै चितवनमा कुल मृतकको संख्या २२१ जना पुगेको छ । आज चितवनमा थप ५३३ जनाले कोरोना जितेका छन।

  • प्रकाशित मिति : जेठ १९, २०७८, बुधवार १०:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८