माडिको बगौडा अस्पताललाई लायन्सको सहयोग

  • खबरदाता
  • जेठ १९, २०७८

जेष्ठ १९,२०७८ – केपी शर्मा

लायन्स क्लब ईन्टरनेशनल ३२५ बिटु नेपालले एरिया न। तीनले पुनः कोरोना भाइरस बिरुद्धकोलागि स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

बुधबार नारायणगडको लायन्सचोकमा माडिको बगौडा अस्पतललाइ ६५ थान पिपिइ (धोएर पुनः प्रयोग गर्न मिल्ने ) हस्तान्तरण गरेको हो।

लायन्स क्लब ईन्टरनेशनलका इलेक्ट गभर्नर राम प्रसाद भट्टले उक्त सामाग्री बगौडा अस्पताल माडिकि प्रमुख डा। रन्जु सिंहलाई हस्तान्तरण गरेका हुन।

डा। सिंहले अहिले दैनिक रुपमा धेरैको संख्यामा स्वास्थ्यकर्मीले प्रयोग गर्नु पर्ने पिपिइको निकै आबस्यक भएको र यो अबस्थामा आएको सहयोगले निकै सजिलो हुने बताइन।

पुर्ब डिस्टिक गभर्नर राजकुमार श्रेष्ठले र जोन चेयर पर्सन दुर्गालक्षमि श्रेष्ठको बिशेष पहलमा नेप्लिज कम्युनीटि युकेको सहयोगमा उक्त सामाग्री उपलब्ध भएको हो।
यो भन्दा अघि पनि श्रेष्ठ द्वोयको पहलमा बिदेशमा रहेका नेपालीबाट आएको सहयोगमा चितवन लगायतका अस्पताललाई लाखौंको स्वास्थ्य सामाग्री सहयोग भइसकेको छ ।

कार्यक्रममा कोभिड – १९ कोअडिनेटर सिद्धार्थलाल चुके,जिएसटि कोअडिनेटर दिननाथ न्यौपाने ,एरिया चिफ प्रभाकर पंडित, रिजन चेयर पर्सन बालगोपाल चुके , बिनोद सुवेदी र लायन नेत्र आचार्य र प्रशान्त पियाको उपस्थित रहेको थियो।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८