• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

चितवनमा जेष्ठ २७ सम्म निषेधाज्ञा कायमै

  • खबरदाता

चितवनमा जेष्ठ २७ सम्म निषेधाज्ञा कायमै

जेष्ठ १२,२०७८

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जेष्ठ २७ गते सम्म निषेधाज्ञालाई थप गरेको छ ।

जिल्लामा कोरोनाको संक्रमण दर केहि घटेपनि नियन्त्रणमामा नआइसकेको भन्दै प्रशासनले जेष्ठ २७ गते राती १२ बजे सम्मको लागि निषेधाज्ञा थप गरेको हो।

चितवनका प्रमुख जिल्ला अधिकारीले जारी गरिएको आदेशमा जनाए अनुसार अत्यावश्यक बाहेक कोहि पनि घरबाट बाहिर निसकन पाइने छैन ।सबै प्रकारका सभा , सम्मेलन , गोष्ठी ,सेमिनार, जात्रा, संचालन गर्न रोक लगाइएको छ ।साथै पहिलेकै जस्तै होटेल ,जिमखाना सैलुन , पार्लर , बिद्यालय , कलेजमा रोक छ
साइकल र ठेलागाडाम गरिने ब्यापार समेतमा रोक लगाइएको छ ।

अक्सिजन , औसधि ,तथा स्वास्थ्य सामाग्रीका पसलहरु यसअघि झै संचालन गर्न पाइने छ ।

यस्तै तरकारी , फलफूल ,डेरि, माछामासु , अन्डा , चल्ला , दाना,एग्रोभेट , बिउबिजन ,रासायनिक मल , ग्यास पसलहरु दैनिक बिहान ६ देखि ९ बजे सम्म खोल्न पाइने छ । डेरिको हकमा भने बेलुको ५ देखि ७ बजे सम्म संचालन गर्न पाइने भएको छ ।

यी बाहेकका खाध्यान्न पसल भने हप्ताको तीन दिन आइतबार , मंगलबार र बिहिवार बिहान ६ देखि ९ बजे सम्म मात्र खोल्न पाइने छ ।

चितवनमा अहिले पनि सरदर दैनिक २० प्रतिशतमा संक्रमीत हुने गरेका छन। मंगलबार सम्म सकृय संक्रमीत ४५८५ रहेका छन भने २२१ जनाले ज्यान गुमाएका छन। यस्तै जिल्लाका विभिन्न अस्पतालमा १७८ जनाको आइसियुमा उपचार भइरहेको छ ।

  • प्रकाशित मिति : जेठ १९, २०७८, बुधवार ०६:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८