पुर्ब राजा ज्ञानेन्द्रले भने ‘कहिले भुल्न नसकिने चोट’

  • जेठ १९, २०७८

जेष्ठ १९,२०७८

पुर्ब राजा ज्ञानेन्द्र शाहले २०५८ साल जेष्ठ १९ गते भएको दरबार हत्याकाण्डलाई कहिले भुल्न नसकिने चोट भन्दै संस्मरण गरेका छन।

बुधबार सामाजिक संजालमा उनले भनेका छन ,’ एक यस्तो चोट कहिले भुल्न सकिने छैन ।साथ र सम्बन्धहरु चुँड्ने अधिकार नियतिलाई मात्र रहेछ।’

उनले उक्त हत्याकाण्डको बास्तबिकता थाहा पाउन अझै लामो समय लाग्ने सक्ने आंकलन गर्दै भनेका छन ,’ अनुत्तरित प्रश्नका उत्तर पाउनका लागि अझै समयले कति कोल्टे फेर्ने हो कसैलाई थाहा छैन ।’

आफ्ना दाजुलागायत परिवारलाई उनले श्रद्धाञ्जली अर्पण गरेका छन।
बि स २०५८ सालमा भएको दरबार हत्याकाण्डमा पुर्ब राजा बिरेन्द्र सहित परिवारका सबै चार सदस्यको हत्या गरिएको थियो।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८