जेष्ठ १८ ,२०७८
चितवन । आज एकै दिनमा ६८९८ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ४ लाख ५४ हजार ३४४ रहेको छ । यो ८०।२ प्रतिशत हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार थप ६०८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ ।
देश भर १७१४७ को पिसिआर परिक्षण गर्दा ५२८५ र ३०१८ जनाको एन्टिजेन परिक्षण गर्दा ८०० जना गरि कुल ६०८५ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका १७३ र उपत्यका १६५८ जना रहेका छन्।
आज चितवनमा ३ सहित थप ६८ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७४५४ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर १ लाख ४ हजार ७८९ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ७५२ रहेकोछ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८