• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

बालुवाटार महत्त्वपुर्ण निर्णयमा ब्याक

  • खबरदाता

बालुवाटार महत्त्वपुर्ण निर्णयमा ब्याक

जेष्ठ १८,२०७८

नेकपा एमालेको मंगलबार बसेको स्थायी समितिको बैठकले पार्टी एकताको लागि अन्तिम सम्म प्रयास गर्ने भन्दा अर्को निर्णय गरेन।

आज बसेको बैठकलाई पछिल्लो पटक स्पष्टीकरण सोधिएका नेतालाई कारबाही गर्लाकि भनेर निकै चासोको रुपमा हेरिएको थियो।

पार्टीमा अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटीको बैठकमा एकताका निम्ति अन्तिमसम्म प्रयत्न जारी राख्ने निर्णय गरेको हो।

बैठकमा पार्टी एकताका लागि भइरहेका छलफल र प्रयासका बारेमा बिबेचना भएको थियो।

सोमबार साँझ मात्र ओली र नेपाल पक्षका नेताहरुबीच छलफल भएको थियो । तर बर्ता टोलिमा रहेका नेपाल पक्षका केहि नेता कार्बाहीमा परेकाले औपचारिक वार्ता सुरु हुन सकेको छैन ।

स्थायी कमिटीको बैठकमा लुम्बिनी प्रदेशतर्फ भएको राष्ट्रियसभा उपचुनावको समीक्षा भएको थियो । सबै विपक्षी मिल्दा एमालेको मत नपुग्ने भएपनि आफूहरुले गरेको प्रयत्नले विजय नजिक हुनुभन्दै भन्दै बैठकले चुनावमा अन्तरघात भएको निष्कर्ष निकालेको छ ।

  • प्रकाशित मिति : जेठ १८, २०७८, मंगलवार ०८:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८