• वैशाख ८, २०८१, शनिवार Saturday, 20 April, 2024

आज ६२०५ संक्रमण मुक्त , १०९ को मृत्यु

  • खबरदाता

आज ६२०५ संक्रमण मुक्त , १०९ को मृत्यु

जेष्ठ १६,२०७८

चितवन ।आज एकै दिनमा ६२०५ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ४ लाख ४० हजार ९५५ रहेको छ । यो ७९.२ प्रतिशत हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप ४३६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ५ लाख ५७ हजार १२४ पुगेको छ ।

देश भर १०९८६ को पिसिआर परिक्षण गर्दा ३७०२ र १७८४ जनाको एन्टिजेन परिक्षण गर्दा ६६७ जना गरि कुल ४३६९ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका ५९ र उपत्यका १०९३ जना रहेका छन्।

आज चितवनमा ४ सहित थप १०९ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७२७२ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर १ लाख ८ हजार ८९७ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ७६३ रहेकोछ ।

  • प्रकाशित मिति : जेठ १६, २०७८, आइतवार १०:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८