• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

पाँच दलले भन्यो : राज्य लाई दीर्घकालीन असर पर्ने काम बन्द गर

  • खबरदाता

पाँच दलले भन्यो : राज्य लाई दीर्घकालीन असर पर्ने काम बन्द गर

जेष्ठ १६,२०७८

सरकारले अध्यादेश मार्फत बजेट ल्याएकोमा बिपक्षी गठबन्धनले बिरोध जनाएको छ । साथै उसले देश र जनताका लागि दीर्घकालिन असर पर्ने कुनै पनि काम नगर्न सरकारलाई चेतावनी दिएको छ ।

काङ्ग्रेस सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठ आइतबार बसेको बिपक्षी पाँच दलको बैठकले सो निस्कर्ष निकालेको हो।

देश कोरोना महामारीबाट आक्रान्त भइरहेको कठिन परिस्थितिको दुरुपयोग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको अवहेलना र उल्लंघन गर्ने काम गर्दै आएको विपक्षी गठबन्धनको आरोप छ।

बैठकपछि जारी संयुक्त विज्ञप्तिमा लेखिएको छ, ‘सरकारका संविधान विपरीतका र अलोकतान्त्रिक कामकारबाहीमा सहयोगी नहुन राज्यका सबै अंग र निकायहरुलाई पनि आग्रह गर्दछौं ।’

  • प्रकाशित मिति : जेठ १६, २०७८, आइतवार ०६:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८