• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

चितवनमा परिक्षणको २८ प्रतिशतमा संक्रमण

  • खबरदाता

चितवनमा परिक्षणको २८ प्रतिशतमा संक्रमण

आज ३७६ को परिक्षण गर्दा १०७ मा संक्रमण पुष्टि।

जेष्ठ १५ ,२०७८

चितवन । पछिल्लो चौबीस घन्टामा चितवनमा ३६५ जनाको पिसिआर परिक्षण गर्दा १०२ र ११ एन्टिजेन परिक्षा गर्दा ५ जना गरि थप १०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप ३ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ८२ जना संक्रमीत थपिए भने खैरहनि नगरपालिकामा ३ ,माडि नगरपालिकामा ५ ,रत्ननगरमा ९ ,राप्तीमा ५ र कालिकामा ३ गरि थप १०७ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनका विभिन्न अस्पतालमा १९० जनाको आइसियुमा , ६१ जनाको भेन्टिलेटरमा र ४३ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत ४९०३ जना रहेका छन।

चितवनका विभिन्न अस्पतालमा मृत्यु भएका ३ जना मध्ये रुपन्देहीमा १,रौतहटका १ र तनहुँका १ जना रहेका छन।

आज मृत्यु भएका मध्ये मेडिकल कलेजमा २ र बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल १ जना रहेका छन।

यो सगै चितवनमा कुल मृतकको संख्या २१४ जना पुगेको छ । आज चितवनमा थप ३५ जनाले कोरोना जितेका छन।

  • प्रकाशित मिति : जेठ १५, २०७८, शनिवार १०:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८