• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

को थिए गणतन्त्रको विरोधमा एमालेका तीन नेता ?

  • खबरदाता

को थिए गणतन्त्रको विरोधमा एमालेका तीन नेता ?

जेष्ठ २५,२०७८

नेकपा एमालेका नेता बामदेब गौतमले गणतन्त्रको बिरुद्धमा नेकपा एमालेका तीन जना नेता रहेको खुलासा गरेका छन।

उनले पार्टीले राजतन्त्रको अन्त्य र गणतन्त्रको नारा तय गर्दाताका झापा संघर्षका तीन नेता त्यसका विरुद्धमा रहेको बताएका हुन ।

सनिवार गणतन्त्र दिवसको अवसर पारेर दिएको शुभकामना सन्देशमा गौतमले पार्टी केन्द्रीय कमिटीको बहुमतले उक्त नारा तय गर्दा गणतन्त्रका लागि संघर्ष गर्नुपर्ने भनी आफूले लिखित प्रस्ताव गरेको बताउँदै तीन नेता गणतन्त्र विरोधी रहेको बताएका हुन्।

गौतमले भनेका छन ,‘विडम्बना भन्नुपर्छ, नेकपा एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य तीन नेता विरुद्धमा हुनुहुन्थ्यो,’ । तर उनले ती नेताको नाम नलिए पनि झापा आन्दोलनमा रहेका मुख्य तीन नेता केपी शर्मा ओली ,सिपि मैनाली र राधाकृष्ण मैनाली थिए।

‘२०६५ जेठ १५ गतेको अवस्थामा नेपाल ल्याई पुर्याउने युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्थ्यो,’ गौतम भन्छन्, ‘उहाँहरुमध्ये गिरिजाप्रसाद कोइराला हामीबीच हुनुहुन्न । अरु, दुईजना भने नेपाली राजनीतिमा सक्रिय नै हुनुहुन्छ ।’

एमाले नेता गौतमले आज १४ औं गणतन्त्र दिवसको अवसरमा सबै शहीदहरुलाई श्रद्धाञ्जली र सम्मान प्रकट गर्दै शहीदको सपना साकार पार्न नेपाली जनतालाई दृढतापूर्वक अगाडि बढ्न आह्वान गरेका छन् ।

  • प्रकाशित मिति : जेठ १५, २०७८, शनिवार ०५:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८