ओलीको सम्बोधन ,फुटेको समुहलाई पुराण

  • खबरदाता
  • जेठ १४, २०७८

जेष्ठ १४ , २०७८

शुक्रबार अपराह्न प्रधानमन्त्री केपी शर्मा ओलीले देश बासीका नाममा गरेको सम्बोधनमा पुरानै कुराहरु दोहोर्‍याएका छन।उनको सम्बोधन आफू इतरका एमालेलाई लक्षित थियो।

उनले सम्बोधन गर्दै आफुले प्रतिनिधि सभा विघटन गर्नुको कारण प्रष्ट पार्न खोजे । विघटन भएको हप्ता दिनपछी अदालतमा बिचाराधिन मुद्दाको बारेमा पनि उनले टिप्पणि गरे।

प्रधानमन्त्री ओलीले आफू बिरुद्ध गठबन्धन नबनेको भए चुनाबको घोषणा गर्नु पर्ने अवस्था नआउने बताए। तर सरकारले निष्पक्ष रूपमै निर्वाचन सम्पन्न गर्ने उनको दाबी थियो । उनले ताजा जनादेशमा जानु प्रतिगमन नहुने बताए ।

सम्बोधनमा ओलीले आफूले गरेको मध्यावधि चुनावको घोषणा वैधानिक रहेको जिकिर गरेका छन। त्यसमा कुनै शंका भए सर्वदलीय चुनावी सरकारमा सहभागी हुन उनले सबैलाइ आग्रह गरेका छन ।

‘मैले पनि विश्वासको मत प्राप्त गर्न नसक्ने र अर्को पनि विकल्प दिन नसकेपछि संवबैधानिक वाध्यताअनुसार संसद विघटन गर्नु परेको हो,’ उनले भने, ‘देशलाई चाँडोभन्दा चाँडो राजनीतिक निकास दिनका लागि चुनावमा जानुको विकल्प थिएन ।’

अहिलेको बिसम परिस्थितिमा कोभिड महामारीका लागि निर्णायक विजय भनेको खोपनै भएको उले बताए।

हालसम्म नेपालमा अनुदानबाट प्राप्त भएको ३२ लाख २८ हजार डोज खोप र खरिदबाट उपलब्ध १० लाख डोजबाट खोप अभियान अगााडि बढाएको र यसको निरन्तरताको लागि सकार लागि परेको उनले बताए ।

उनले पहिलो मात्रा खोप लगााएका नागरिकहरुका लागि दोस्रो मात्राको व्यवस्था जसरी पनि गरिने कुरामा निश्चिन्त रहन आग्रह गरेका छन्।

आफू इतरका एमालेलाई लक्षित गर्दै ओलीले संसदीय दलको निर्णय नमान्ने राजनीतिक दलका गुटगत पद्धति राजनीतिक अस्थिरताको कारण भएको दावी गरे । उनले निर्वाचनमा जानुलाई प्रतिगमन भन्नु जनताको सार्वभौम अधिकारलाई अस्वीकार गर्नु रहेको उल्लेख गरे ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८