दमकल र ट्रिपरलाई अबरोध गर्ने दुई पक्राउ

  • खबरदाता
  • जेठ १३, २०७८

जेष्ठ १३,२०७८

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले अत्यावश्यक सवारी साधन दमकल र ट्रिपरलाई अबरोध गर्ने दुइ जनालाई पक्राउ गरेक छ ।
पक्राउ पर्नेहरुमा भरतपुर- १६ बस्ने बर्ष ३१ का बिनोद गुरुङ र भरतपुर- १६ कै बर्ष २८ का शशी कुँवर रहेका छन। उनिहरुलाई जेष्ठ १२ गते भरतपुर १६ को ज्ञानेश्वरबाट पक्राउ गरिएको चितवन प्रहरी प्रबक्ता डिएसपि सुर्य थापाले जानकारी दिए।

निजले भरतपुर १६ को ज्ञानेश्वरमा निषेधाज्ञाको समयमा हुलहुज्जत गर्दै निर्माण सामाग्री ढुवानी गर्दै गरेका १५ वटा ट्रिपरहरुमा क्षेती पुर्याउनुका साथै तथा हातमा ढुङ्गामुढा बोकी अत्यावस्यक सबारी साधन दमकल समेतलाई अबरोध पुर्याउने काम गरेको थापाले बताए। यस बिषयमा म्याद थप गरि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

६ ट्रयाक्टर प्रहरी नियन्त्रणमा

अबैध रुपमा नदि जन्य पदार्थ उत्खनन गर्ने ६ वटा ट्रयाक्टर सहित चालकलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ना ५ त ५२८६ न.कोट्रयाक्टर र चालक सन्देश तामाङ रहेका छन। यस्तै अन्य लु .४ त चालक बिनोद तामाङ , ना. ५ त ८१९० र चालक खड्क सिह मोक्तान ,ना. ५त ८४८२ र चालक रामलाल तामाङ ,ना. ७ त ६२९८ र चालक सरोज चौधरी , ना. ३ त ५०११ र चलाक श्यामकुमार गुरौ रहेका छन।

बिहिवार बिहान १० बजेको समयमा ईच्छाकामना – ७ भोटी खोलामा अबैध रुपमा नदी जन्य पदार्थ उत्खनन गर्दै गरेका प्रति  ट्रयाक्टर र चालक सहित नियन्त्रणमा लिई जिल्ला समन्वय समिति चितवन मार्फत प्रति ट्रयाक्टर एक हजार जरिवाना गरी छाडिएको थियो।

  • खबरदाता
  • प्रकाशित मिति:जेठ १३, २०७८

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८