• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

भारत लैजाँदै गरेको २७० किलो गाँजा सहित एक पक्राउ

  • खबरदाता

भारत लैजाँदै गरेको २७० किलो गाँजा सहित एक पक्राउ

जेष्ठ १३,२०७८

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले २७० किलो गाँजा सहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीले बिहिवार राप्ती नगरपालिका १ लोथरबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत बिहारको पुर्वी चम्पाचरण घर भएका २५ वर्षिय पिन्टु कुमार रहेका छन् ।

प्रहरीले गोप्य सुचनाका पाएपछी प्रहरी बिट लोथरलाई चेकजाँचमा कडाइ गर्न निर्देशन दिएको थियो । चेक जाँचका क्रमा एन एल ०१ एन ५८६७ नम्वरको भारतीय ट्रकमा लुकाई ल्याएको गाँजा फेला पारेको चितवन प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानको क्रममा बरामद उक्त गाँजा बिरगंज हुँदै भारततर्फ लैजान लागेको भन्ने खुलेको र उक्त घटनामा संलग्न अन्य व्यक्तिहरुको सम्बन्धमा अनुसन्धान भईरहेको थापाले थापाले तनाएका छन।

पक्राउ परेका पिन्टुलाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको छ ।

  • प्रकाशित मिति : जेठ १३, २०७८, बिहीवार १४:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८