• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

चितवनमा ३३९ परिक्षण गर्दा ६५ जना संक्रमीत

  • खबरदाता

चितवनमा ३३९ परिक्षण गर्दा ६५ जना संक्रमीत

जेष्ठ १३ ,२०७८

चितवन । पछिल्लो चौबीस घन्टामा चितवनमा ३१८ जनाको पिसिआर परिक्षण गर्दा ५९ र २१ एन्टिजेन परिक्षा गर्दा ६ जना गरि ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप ९ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ४३ जना संक्रमीत थपिए भने खैरहनि नगरपालिकामा ५ ,माडि नगरपालिकामा ४ ,रत्ननगरमा ४ ,राप्तीमा ६ च कालिकामा ३ गरि थप ६५ जनामा संक्रमण पुष्टि भएको छ ।

चितवनका विभिन्न अस्पतालमा २१० जनाको आइसियुमा , ५४ जनाको भेन्टिलेटरमा र ३९ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत ४९२४ जना रहेका छन।

चितवनका विभिन्न अस्पतालमा मृत्यु भएका ९ जना मध्ये चितवनका २ ,नवलपरासी ३, रुपन्देहीमा १,धादिङ १,बारा १ र लमजुङका १ जना रहेका छन।

आज मृत्यु भएका मध्ये भरतपुर अस्पतालमा ३ र चितवन मेडिकल कलेजमा १ ,पुरानो मेडिकल कलेजमा ३ र बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल २ जना रहेका छन।

यो सगै चितवनमा कुल मृतकको संख्या २१२जना पुगेको छ । आज चितवनमा थप ३० जनाले कोरोना जितेका छन।

  • प्रकाशित मिति : जेठ १३, २०७८, बिहीवार १०:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८