• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

फरार प्रतिवादि र लागुऔषध कारोबारी पक्राउ

  • खबरदाता

फरार प्रतिवादि र लागुऔषध कारोबारी पक्राउ

जेष्ठ १२,२०७८

जिल्ला प्रहरी कार्यालय चितवनले दुई जना लागू औषध र एक जना फरार प्रतिवादिलाइ पक्राउ गरेको छ ।

जिल्लाको राप्ती नगरपालिका २ बस्ने बर्ष २५ को सुदिप भन्ने तारानाथ पाण्डे र भरतपुर महानगर पालिका- ११ बस्ने बर्ष ३५ का रजत श्रेष्ठलाई पक्राउ गरेको हो।

पक्राउ परेका पाण्डेलाई लागू औषध नाईट्राजेपाम ४९० ट्याब्लेट सहित जेष्ठ ९ गते राप्ती नगरपालिका -३ गड्यौलीबाट र श्रेष्ठलाई भरतपुर -११ को मालपोत चोकमा आफैले संचालन गरेको रजत फार्मेसीबाट प्रतिबन्धित लागु औषध सारेजाक १७ एम्पुल ,नोर्फिन १७ एम्पुल,फेनेरगन १७ एम्पुल र निट्राभेट -१० ३८ ट्याब्लेट सहित १० गते पक्राउ गरिएको थियो।

दुबैलाई जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान भइरहेको चितवन प्रहरीका प्रबक्ता डिएसपि सुर्य थापाले जानकारी दिए।

यस्तै लागु औषध गाँजा मुद्दामा जिल्ला अदालत चितवनले मिति २०७७ साल चैत्र १२ गते ७ बर्ष कैद , ७० हजार जरिवाना र २ हजार ८ सय रुपैया राहत कोषमा दाखिला गर्नु भनि फैसला गरेका भरतपुर -२४ का पदम बहादुर तामाङलाई जेष्ठ ११ गते पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत चितवन मार्फत कारागार कार्यालय भरतपुरमा बुझाएको थापाले जानकारी दिए।

  • प्रकाशित मिति : जेठ १२, २०७८, बुधवार १४:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८