आज ६ हजार ७१४ संक्रमीत थपिए भने ६ हजार ७१६ जना निको भए।
जेष्ठ १२, २०७
चितवन । आज एकै दिनमा ६७१६ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ४ लाख ११ हजार ६०३ रहेको छ । यो ७६।९ प्रतिशत हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार थप ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ५ लाख ३५ हजार ५२५ पुगेको छ ।
देश भर १९०३० को पिसिआर परिक्षण गर्दा ६६७७ र ३२२ जनाको एन्टिजेन परिक्षण गर्दा ३७ जना गरि कुल ६७१४ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका २०६ र उपत्यका १४९३ जना रहेका छन्।
आज चितवनमा ४ सहित थप १४५ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६८४५ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर १ लाख १७ हजार ७७ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ८५३ रहेकोछ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८