• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनमा ७ दिन थपियो निषेधाज्ञा(बिज्ञप्ति सहित)

  • खबरदाता

चितवनमा ७ दिन थपियो निषेधाज्ञा(बिज्ञप्ति सहित)

जेष्ठ १२,२०७८

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जेष्ठ २० गते सम्म निषेधाज्ञालाई थप गरेको छ ।

जिल्लामा कोरोनाको संक्रमण दर नघटेको भन्दै प्रशासनले जेष्ठ १३ गते देखि २० गते राती १२ बजे सम्मको लागि निषेधाज्ञा थप गरेको हो।

चितवनका प्रमुख जिल्ला अधिकारीले जारी गरिएको आदेशमा जनाए अनुसार अत्यावश्यक बाहेक कोहि पनि घरबाट बाहिर निसकन पाइने छैन ।सबै प्रकारका सभा , सम्मेलन , गोष्ठी ,सेमिनार, जात्रा, संचालन गर्न रोक लगाइएको छ ।साथै पहिलेकै जस्तै होटेल ,जिमखाना सैलुन , पार्लर , बिद्यालय , कलेजमा रोक छ
साइकल र ठेलागाडाम गरिने ब्यापार समेतमा रोक लगाइएको छ ।

चितवनमा मंगलबार सम्म सकृय संक्रमीत ४८३४ रहेका छन भने २०६ जनाले ज्यान गुमाएका छन।

  • प्रकाशित मिति : जेठ १२, २०७८, बुधवार ०७:५७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८