जेष्ठ ११,२०७८
बर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले देशनै अध्यादेश मार्फत चलाउन खोजेको भन्दै चितवनका ५ राजनितीक दलले आपत्ति जनाएका छन।
मंगलबार चितवनका ५ वटा राजनितिक दलको संयुक्त बैठकले नेपाली जनताको सात दशक लामो बलिदानबाट स्थापित संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधानको मुल मर्म र भाबना बिपरित प्रधानमन्त्री र रास्ट्रपतिको मिलेमतोमा दोस्रो पटक संबिधान माथी प्रहार भएको घट्ना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बिज्ञप्तिमा भनिएको छ , मध्य रातमा चालिएको असंबैधानिक , अलोकतान्त्रिक र अराजनीतिक कदमको घोर निन्दा गर्दछौं।
बिज्ञप्तिमा छ , लोकतान्त्रिक राज्यमा हरेक समस्याको समाधान संबिधान र कानुनको परिधिभित्र रहि लोकतान्त्रिक विधि ,प्रक्रिया र संबिधानप्रद्त्त अधिकारको प्रयोग मार्फत खोज्नुनै राजनैतिक जिम्मेवारी हो ।
उनिहरुले प्रधानमन्त्री र रास्ट्रपतिले संबिधानको खिलापमा काम गर्दै आएको र यो दोस्रो पटकको संसद विघटन गर्दै देशलाई निरंकुश तानाशाह लाद्न खोजेको आरोप लगाएका छन।
धारा ७६ को ३ अनुसार प्रधानमन्त्रीमा नियुक्त केपी शर्मा ओलीले संबिधान अनुसार बिश्वासको मत लिनु पर्नेमा धारा ७६ को ५ अनुसार नयाँ सरकार गठनका लागि बिन्ती गरेको र १४९ को हस्ताक्षर सहित गएका काङ्ग्रेस सभापति शेर बहादुर देउवा समेतलाइ रास्ट्रपति मार्फत कानुन भन्दा माथी रहि प्रधानमन्त्री हुन रोक्नुले देशमा असली तानाशाह जन्मेको महसुस जनतालाई भएको छ ।
चितवन जिल्ला काङ्ग्रेस सभापति जितनारायण श्रेष्ठ , नेकपा माओबादीका अध्यक्ष यमबहादुर परियार ,नेकपा एमालेका तेजेन्द्रबहादुर खड्का, जसपाका अध्यक्ष प्रेम भुजेल र राजमोका अध्यक्ष डम्बर पुरिद्वारा हस्ताक्षर गरिएको बिज्ञप्तीमा अहिलेको विषम परिस्थितिमा सबै अस्पतालमा अक्सिजनको सहज आपूर्ति गर्न र संक्रमितलाइ निशुल्क उपचार गराउन सरकार सग माग गरिएको छ ।
साथै स्वास्थ सुरक्षाका मापदण्ड अपनाइ कोभिड -१९ बिरुद्ध सकृय भुमिका खेल्न पाँच राजनीतिक दल सम्बद्ध भातृ संगठनहरुलाई आव्हान गरेको छ ।

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८