काठमाडौंमा निषेधाज्ञा झन कडा , किराना पसल पनि बन्द

  • खबरदाता
  • जेठ ११, २०७८

काठमाडौं उपत्यकामा एक साता लम्बियो निषेधाज्ञा

जेष्ठ ११,२०७८

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक सातासम्म लम्बिएको छ ।

उपत्यकामा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले थप एकसाता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।थपिएको निषेधाज्ञामा बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ । तर किराना पसल, डिपार्टमेन्टल स्टोल चाहिँ बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनाएको छ ।

जनस्वास्थ्य मापदण्ड उल्लंघन भएको पाइएमा एक जेल र पाँच लाखसम्मको जरिवाना तोकिएको छ । काठमाडौं उपत्यकामा थपिएको निषेधाज्ञा जेठ १३ गते सकिँदैछ । निषेधाज्ञाको समयमा पनि मानिसको आवतजावत र भिडभाड कम नभएको भन्दै अब थपिएको एक साताको निषेधाज्ञा भने थप कडाइ गरिने तीन वटै प्रमुख जिल्ला अधिकारीको निर्णय रहेको छ ।

आवत जावतमा कमि नभएको भन्दै थप गरिएको निषेधाज्ञामा दिउँसो सरकारि गाडीहरु समेत चलाउन रोक लगाइएको छ । सरकारि गाडी बिहान ९ देखि साढे १० र साझ ५ देखी ६ बजे सम्ममात्र संचालन गर्न पाइने छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८