• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

मोरङमा थप १३ जना कोरोना संक्रमितको मृत्यु

  • खबरदाता

मोरङमा थप १३ जना कोरोना संक्रमितको मृत्यु

जेष्ठ ११,२०७८

मोरङमा कोरोना भाइरसको संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ ।

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आठ, कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा दुई, बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा दुई र न्युरो अस्पतालमा एक जना गरी थप १३ जनाको मृत्यु भएको हो ।

नोबेल शिक्षण अस्पतालमा मंगलबार विहान मोरङको जहदा गाउँपालिका-१ का ३२ वर्षीय पुरुष, विराटनगर-३ का ७९ वर्षीय पुरुष, विराटनगर-१३ की ३१ वर्षीया महिला, सुन्दरहरैँचा नगरपालिका-१० की ६५ वर्षीया महिला, संखुवासभाको खाँदबारी नगरपालिका-७ का ५९ वर्षीय पुरुष, इटहरी उपमहानगरपालिका-१७ की ७० वर्षीया महिला, सप्तरीको राजविराज-९ की ७० वर्षीया महिला र सर्लाही बरमपुरी-७ का ३२ वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए ।

त्यस्तै बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा मंगलबार बिहान विराटनगर-५ की ५० वर्षीया महिला र सुनसरीको दुहवी नगरपालिका-१ की ६५ वर्षीया वृद्धा महिलाको सोमबार राति मृत्यु भएको विराटका कोभिड इञ्चार्ज सुनिल देवले जानकारी दिए ।

यसैगरी, कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा सोमबार राति विराटनगर-१० का ८४ वर्षीय पुरुष, बेलबारी नगरपालिका-७ की ४० वर्षीया महिला र न्युरो अस्पतालमा विराटनगर-१० का ६९ वर्षीय पुरुषको मृत्यु भएको हो ।

  • प्रकाशित मिति : जेठ ११, २०७८, मंगलवार ०७:५० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८