विपक्षीका १४६ सांसदद्वारा सर्बोच्चमा रिट दायर

  • जेठ १०, २०७८

जेष्ठ १०,२०७८- केपी शर्मा

चितवन । बिपक्षी गठबन्धनले बैकल्पिक सरकार गठनको दाबी र संसद विघटनको बिरुद्धमा सर्बोच्च अदालतमा रिट दर्ता गराएका छन।
सोमबार एक सय ४६ जना सांसदको हस्ताक्षर सहित रिट दर्ता गराएका हुन। रिट दर्ता गर्ने काङ्ग्रेसका शेर बहादुर देउवा , माओबादीका पुस्प कमल दाहाल प्रचण्ड ,एमालेका माधब कुमार नेपाल र जसपाका उपेन्द्र यादब सहित नेताहरू सर्बोच्च पुगेका हुन। गठबन्धनले रिटमा काङ्ग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति र संसद विघटनको निर्णय बदरको माग गरेको छ ।

आइतबारनै अदालत जाने भनेको भएपनि कानुनी प्रक्रिया पुरानभएकोले उनिहरु सोमबार मात्र अदालत गएका हुन।

देउवाको पक्षमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमालेका खनाल–नेपाल पक्षका २६ र राष्ट्रिय जनमोर्चाका १ गरी १ सय ४९ जनाको हस्ताक्षरसहित दाबी प्रस्तुत गरिएको थियो । तर, प्रधानमन्त्री ओलीबाट एमालेका १ सय २१ र जसपाका ३२ गरी १ सय ५३ सांसदको समर्थनको दाबी परेपछि विवादित भएको भन्दै राष्ट्रपतिले दुवै दाबी खारेज गरेकी थिइन् ।

गठबन्धनले संविधानको धारा ७६ ९५० को सरकार निर्माणका लागि आह्वान भएर प्रक्रियासम्मत ढंगबाट दाबी परिसकेपछि त्यसलाई राष्ट्रपतिले इन्कार गर्न नमिल्ने व्याख्या गरेको छ ।

संविधानको धारा ७६ ९३० अन्तर्गत नियुक्त प्रधानमन्त्री केपी ओलीले संविधानको धारा ७६ ९४० बमोजिम ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । तर उनले आफूसँग बहुमत नभएकाले विश्वासको मत लिइराख्न आवश्यक नभएको जनाउँदै पदबाट राजीनामा नदिईकनै राष्ट्रपति विद्यादेवी भण्डारीलाई संविधानको धारा ७६ ९५० अन्तर्गत सरकार निर्माणको प्रक्रिया अघि बढाउन सिफारिस गरेका थिए ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८