मौलाकालि केवलकार निर्माण हुँदै, रुख काट्न सुरु

  • खबरदाता
  • जेठ १०, २०७८

 

जेष्ठ १०,२०७८ –केपी शर्मा

नवलपुर । नवलपुरको गैंडाकोमा रहेको प्रसिद्ध धार्मिक स्थल मौलाकालिका मन्दिरलाई लक्षित गरि निर्माण हुन लागेको केवलकार १ बर्ष भित्रमा निर्माण सम्पन्न गरिने भएको छ ।

केवलकार निर्माणका लागि मौलाकली केबलकार पालीले सोमबारबाट निर्माण क्षेत्रमा पर्ने रुखहरु कटानको काम सुरु गरेको छ । केबलकार निर्माण गरिने क्षेत्रमा रहेका साना ठुला गरि एक हजार ३८ वोटा रुखहरु कटान गरिने छन। यसका लागि केबलकार निर्माण कम्पनीलाई सबै प्रक्रिया पूरा गरि अनुमति दिइएको सवडिभिजन बन कार्यालय गैंडाकोटका सहायक बन अधिकृत सुर्य गुरुङले जानकारी दिए । गुरुङका अनुसार सालका ८२० र अन्य २१८ रुख कटान गरिने छ । यी बाहेक सना विभिन्न जातका अरु ६४७ बिरुवा पनि काटिने छन।

मौलाकली सामुदायिक बनमा सालका ७९३ र अन्य १८२ गरि ९७५ रुख कटानगरिने गुरुङले जानकरि दिए। यस्तै मौलाकाली धार्मिक बनमा पर्ने सालका २७ र अन्य ३७ गरि ६३ रुख पनि कटानको लागि परेका छन।

गैंडाकोट -३ को धारापनी टोबाट मौलाकाली मन्दिरको हेलि प्याड सम्म रहने केबलकारको लम्बाई एक हजार २ सय मिटरको रहने मौलाकाली केबलकार प्रालीका प्रोजेक्ट म्यानेजर इन्जिनियर गोकुल साउदले बताए। साउदका अनुसार केबलकारमा ६ वटा टावर र १२ वटा बक्स रहने छन । केबलकार दैनिक ६ हजार जनालाई आउजाउ गर्न सक्ने क्षमताको हुने छ ।

करिब २ अर्ब लगानीमा निर्माण हुन लागेको सो आयोजनामा आइएमइ ग्रुपको ५१ र स्थानियको ४९ प्रतिशत लगानी रहने छ ।

गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलको प्रमुख आतिथ्यतामा मौलाकालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकोटाको सभापतित्वमा भएको एक कार्यक्रमकावीच आजबाट रुख कटानको थालनी गरिएको हो ।

समयले साथ दिएमा अब आउने जेष्ठ, असार महिना केबलकार संचालनमा ल्याउने लक्ष राखिएको निर्माण कम्पनीले दाबी गरेको छ ।

 

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८