• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

नारायणी नदिमा माछा मार्ने २४ जना पक्राउ

  • खबरदाता

नारायणी नदिमा माछा मार्ने २४ जना पक्राउ

जेष्ठ १०,२०७८

चितवन । प्रतिबन्धित तयारी जालको प्रयोग गरि नारायणी नदिमा माछा मार्ने २४ जना पक्राउ परेका छन।

भरतपुर महानगरपालिका २६ स्थिति भगेरीथानबाट सोमबार राती ३ बजेको समयमा निजहरुलाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए।

पक्राउ परेकाहरुसाथ बट २ क्विन्टल माछा र माछा ओसारपसार गर्न प्रयोग गरिएको ना. ४ च नम्बरको एउटा बोलेरो ना. ३३ प ८८१९ र बा. ३-००२ प ३४२४ नम्बरका २ वटा स्कुटर समेत बरामद गरिएको छ ।

निजहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु सरक्षण ऐन २०२९  बमोजिम मुद्धा लगाई कानुनी कारबाही गरिने  छ ।

उनीहरूलाई अहिले भरतपुर महानगरपालिका २६ का वडाध्यक्ष र उपभोक्ता समितिको रहोबर राखिएको छ । अब निजहरुको पिसिआर परिक्षण गरे पछि कसरा ल्याइने अधिकृत बराल ले बताए।

  • प्रकाशित मिति : जेठ १०, २०७८, सोमवार ०५:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८