• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

राष्ट्रपतिको अधिकारमा कतै उजुर लाग्दैन :ओली

  • खबरदाता

राष्ट्रपतिको अधिकारमा कतै उजुर लाग्दैन :ओली

जेष्ठ ९,२०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) रास्ट्रपतिको स्वोबिबेक अधिकार भएकोले प्रधानमन्त्री नियुक्तिको आधार ठहर गर्ने राष्ट्रपतिको अधिकारबारे कहीँ उजुर बाजुर नलाग्ने बताएका छन।

आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले धारा ७६ (५) को प्रधानमन्त्री नियुक्ति राष्ट्रपतिको स्वविवेकीय अधिकार हो भन्दै त्यसविरुद्ध प्रश्‍न गर्नु बेकार हुने बताएका हुन् ।
यो यस्तो एक मात्र ठाउँ हो जहाँ राष्ट्रपतिको स्वविवेकीय अधिकार प्रयोग हुन्छ । त्यसैले यसविरुद्ध कहीँ उजुरी लाग्दैन, कहीँ हेरफेर गर्न मिल्दैन’ ओलीले भने ।

राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) अनुसारको प्रधानमन्त्री नियुक्तिका लागि दिएको समयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित दावी पेश गरेका थिए ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको १२१ र जनता समाजवादी पार्टीको ३२ जना गरी १५३ सांसदको समर्थन रहेको दावी पेश गरेका थिए । तर राष्ट्रपतिले दुबैको आधार नपुगेको भन्दै धारा ७६ (५) को प्रधानमन्त्री नियुक्ति गर्न अस्वीकार गरेकी थिइन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रपतिको अधिकार नमान्ने, पद, प्रतिष्ठा र मर्यादा नमान्ने प्रवृत्ति देखिएको बताए ।

  • प्रकाशित मिति : जेठ ९, २०७८, आइतवार ०९:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८