जेष्ठ ९,२०७८
एमालेका युवा नेया योगेश भट्टराईले माधब नेपाल।समुहका केही नेतालाई कार्बाही गर्न लागिएको प्रती आपत्ति जनाएका छन।
प्रधानमन्त्रीमा शेर बहादुर देउवालाई बनाउने निर्णयमा हस्ताक्षर नगरेका भट्टराईले आज यस्तो कुरा बताएका हुन। उनले कारबाही र बदलाको राजनीतिले गन्तव्यमा नपुगिने बताएका छन्।
एमालेको ओली पक्षले माधव नेपालसहितका नेताहरुलाई कारबाहीको लागि भन्दै प्रक्रिया सुरु गरेपछि भट्टराईको यस्तो टिप्पणी आएको हो।
उनले नेताहरुलाई आफ्नो विगत हेरेर धैर्य गर्न र संवाद गर्न आह्वान पनि गरेका छन्।
‘कारबाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सही गन्तव्यमा पुर्याएको छैन र पुर्याउँदैन पनि। पौराणीक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यही हो। सबैले आफ्नो विगतलाई हेरौँ। धैर्य गरौँ, संवाद गरौँ’, भट्टराईले भनेका छन्।
भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका थिएनन्।
एमाले माधव समूहका २६ सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे पनि भट्टराईले नगरेपछि उनलाई माधव समूहको साथ छाडेको रुपमा अर्थ लगाइएको थियो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८