चितवन प्रशासनले भन्यो :आफू खुसी आर्थिक सहयोग नगर्नु

  • खबरदाता
  • जेठ ०९, २०७८

 

जेष्ठ ९,२०७८
जिल्ला प्रशासन कार्यालय चितवनले आफू खुसी रकम जम्मा गरि आर्थिक सहयोग नगर्न अनुरोध गरेको छ ।

आइतबार एक अनुरोध पत्र जारी गर्दै , हाल चितवन लगायत देश भर कोरोना भाइरसको दोस्रो लहर चलीरहेको र त्यसको चितवनमा पनि धेरै प्रभाब परेको छ ।यो विषम परिस्थितिमा कतिपय संघसंस्थाहरुले आफू खुसी कोष स्थापना गरि रकम जम्मा गरेको भन्ने गुनासो आएकोले एकद्वार प्रणाली मार्फत मात्र सहयो गर्न भनिएको छ ।

साथै प्रशासनले यदि कुनै ब्यक्ति या संस्थालाई सहयोग गर्न मन भएमा बाणिज्य बैक सिंहदरबारमा रहेको कोरोना भाइरस संक्रमण रोकथाम, रोगनियन्त्रण तथा उपचार कोसको खातामा सिधै जम्मा गर्न समेत अनुरोध गरेको छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८