जेष्ठ ७ ,२०७८
चितवन । पछिल्लो चौबीस घन्टामा चितवनमा ७६१ जनाको पिसिआर परिक्षण गर्दा १२२ र ८० एन्टिजेन परिक्षा गर्दा ३९ जना गरि १६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप ९ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।
स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ११६ जना संक्रमीत थपिए भने खैरहनिमा नगरपालिकामा ११ ,माडि नगरपालिकामा १२,रत्ननगरमा ८ ,राप्तीमा ५ र कालिकामा ९ गरि थप १६१ जनामा संक्रमण पुष्टि भएको छ ।
चितवनका विभिन्न अस्पतालमा २६५ जनाको आइसियुमा , ६० जनाको भेन्टिलेटरमा र ८३ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत ४६४८ जना रहेका छन।
चितवनका विभिन्न अस्पतालमा उपचाररत रहेका ९ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका ३, नवलपरासी ४,रुपन्देही १ र नुवाकोट १ जना रहेका छन।
आज मृत्यु भएका मध्ये भरतपुर अस्पतालमा १ ,चितवन मेडिकल कलेजमा ३, पुरानो मेडिकल कलेजमा ३ र अन्य अस्पतालमा २ जना रहेका छन।
यो सगै चितवनमा कुल मृतकको संख्या १८६९पुगेको छ । आज चितवनमा थप ५० जनाले कोरोना जितेका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८