• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

अस्पताललाई लायन्सको निरन्तर सहयोग


अस्पताललाई लायन्सको निरन्तर सहयोग

जेष्ठ ७,२०७८ – केपी शर्मा

लायन्स क्लब ईन्टरनेशनल ३२५ बिटु नेपालले कोरोना भाइरस बिरुद्ध गर्दै आएको सहयोगलाई निरन्तरता दिएको छ।
क्लबले कोरोना भाइरस उपचारमा प्रयोग गरिने विभिन्न सामाग्रीहरु पुन तीन अस्पताललाई बितरण गरेको हो।

शुक्रबार भरतपुर अस्पतललाइ दुई थान बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताललाई एक थान अक्सिजन हाइफ्लो मेसिन उपलब्ध गराएको छ । यता बहकुलहर रत्ननगर अस्पताललाई दुई थान कन्सनटेटर पनि सहयोग गरेको छ । तीन अस्पताललाई आज मात्र करि १८ लाख बराबरको सामाग्री लायन्सले हस्तान्तरण गरेको हो ।

लायन्स क्लब ईन्टरनेशनलका इलेक्ट गभर्नर राम प्रसाद भट्टले ती सामाग्रीहरु भरतपुर अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीलाइ हस्तान्तरण गरेका हुन।

अस्पताल बिकास समितिका अध्यक्ष डा. अधिकारिले आफुहरुलाई लायन्सले पटक पटक सहयो गरेको बताए । अहिले लायन्सले अक्सिजन सग सम्बन्धित मेसिन उपलब्ध गराएर ठुलो पुन्य कमाएको उनले बताए ।यसले कोभिडको दोस्रो लहरसग लड्न सहयोग पुगेको समेत अधिकारीको भनाइ थियो।

पुर्ब डिस्टिक गभर्नर राजकुमार श्रेष्ठले देश र बिदेशमा रहेका लायन र आफन्तहको सहयोगले मात्र यो सबै सम्भब भएको बताए। बेलायतमा रहेका भरत कुमार श्रेष्ठको सहयोगमा १४ लाख ३३ हजार सहयोग आएको र अमेरिकाबाट सुप्रीया श्रेष्ठको नेतृत्वमा ७ लाख ४४ हजार गरि करिब २१ लाख ७८ हजार सहयोग आएको श्रेष्ठले बताए ।
उक्त रकमको लागि जोन चेयर पर्सन दुर्गालक्षमि श्रेष्ठले समेत पहल गरेकी थिइन।

कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनलका इलेक्ट गभर्नर राम प्रसार भट्टले लायन्स सधैं सेवामा रहेको बताए। उनले केही दिन अघि मात्र यस्तै सामाग्री हस्तान्तरण गरेको बताए । अझै पनि लायन्स सहयोगको लागि तयार रहेको समेत बताए । उनले भने हामीले बितरण गरेको सामाग्रीले धेरैको ज्यान बचेको र त्यो सुन्दा सबै लायनहरुलाई आनन्द र गर्बको महसुस हुने बताए ।

बहकुलर रत्ननगर अस्पतालमा अस्पतालका अध्यक्ष गोपाल कर्माचार्यलाई र क्यान्सर अस्पताल भरतपुरमा अस्पतालका कार्यकारी निर्देशक डा. देज कुमार गौतमलाई सामाग्री हस्तान्तरण गरिएको थियो।
केही दिन अघि मात्र लायन्सले भरतपुर अस्पताल , क्यान्सर अस्पताल र मध्यबिन्दु अस्पताललाई करिब१८ लाख बराबरको सामाग्री हस्तान्तरण गरेको थियो।

  • प्रकाशित मिति : जेठ ७, २०७८, शुक्रवार ०९:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८