• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

संविधान फाल्ने षड्यन्त्र सुरु भयो : नेता पौडेल


संविधान फाल्ने षड्यन्त्र सुरु भयो : नेता पौडेल

जेष्ठ ६,२०७८-केपी शर्मा

काङ्ग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेलले संविधान फाल्ने षड्यन्त्र सुरु भएको बताएका छन।

बिहिवार राष्ट्रपतिले २१ घन्टाको समय सिमा तोकेर बैकल्पिक सरकारको दाबी गर्न सूचना जारी गरेपछि पौडेलले सो कुरा बताएका हुन।

उनले भनेका छन , एक दिनको पनि समय नदिइकन संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आह्वान गर्नु भनेको संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र हो ।

सामान्यतया नयाँँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिने प्रचलन हो । तर एकाएक २४ घण्टाको पनि समय नदिइ सरकार गठनको आह्वान गर्नु भनेको संसदलाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भन्दा अरु केहि हुन सक्दैन् पौडेलले भने।

यो अवस्थामा सम्पुर्ण राजनीतिक दलहरुलाई नेपाली जनताको ७० वर्षको त्यागबाट आएको संविधान जोगाउने प्रयासमा लाग्न उनले सबैलाई अपिल गरेका छन।

आजै प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले बिश्वासको मत नलिने भनेपछी रास्ट्रपतिले धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा दाबी गर्न बिहिबा साँझ ५ बजे सम्मको समय सिमा दिएकी छिन।

  • प्रकाशित मिति : जेठ ६, २०७८, बिहीवार १५:२९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८