• वैशाख ७, २०८१, शुक्रवार Friday, 19 April, 2024

चितवन : ९२४ परिक्षामा गर्दा २४७ पोजेटिभ

  • खबरदाता

चितवन : ९२४ परिक्षामा गर्दा २४७ पोजेटिभ

जेष्ठ ६ ,२०७८

चितवन । पछिल्लो चौबीस घन्टामा चितवनमा ८३१ जनाको पिसिआर परिक्षण गर्दा २१५ र ९३ एन्टिजेन परिक्षा गर्दा ३२ जना गरि २४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप १६ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा १९१ जना संक्रमीत थपिए भने खैरहनिमा नगरपालिकामा ५ ,माडि नगरपालिकामा १३,रत्ननगरमा २६ ,राप्तीमा ४, कालिकामा ६ र इच्छाकामनकमा २ गरि थप २३५ जनामा संक्रमण पुष्टि भएको छ ।

चितवनका विभिन्न अस्पतालमा २५९ जनाको आइसियुमा , ६३ जनाको भेन्टिलेटरमा र ८९ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत ४५६७ जना रहेका छन।

चितवनका विभिन्न अस्पतालमा उपचाररत रहेका १६ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका ४ जना , कपिलवस्तु १ ,नवलपरासी १,रुपन्देही ४रुकुम १,पर्बत १,मकवानपुर १,रौतहट १ र पाल्पाका १ जना रहेका छन।

आज मृत्यु भएका मध्ये भरतपुर अस्पतालमा ३ ,चितवन मेडिकल कलेजमा ७, पुरानो मेडिकल कलेजमा ३, बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा २ र माडिमा १ जना रहेका छन।

यो सगै चितवनमा कुल मृतकको संख्या १८६ पुगेको छ । आज चितवनमा थप ४७ जनाले कोरोना जितेका छन।

  • प्रकाशित मिति : जेठ ६, २०७८, बिहीवार १०:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८