• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सुरु भयो मतदान ,एमाले दुई कित्तामा देखियो

  • खबरदाता

सुरु भयो मतदान ,एमाले दुई कित्तामा देखियो

जेष्ठ ६,२०७८

राष्ट्रिय सभा उपनिर्वाचनको मतदान सुरु भएको छ । मतदान गर्न मतदान स्थल पुगेका सत्तारुढ दल एमालेका मतदाताहरु दुई कित्तामा देखिएका छन।उनिहरु बेग्लाबेग्लै स्थानमा बसेका छन्।

एमाले माधव नेपाल पक्षका नेताहरु विपक्षी दलसँग टेन्टमा बसेका छन् भने ओली पक्षका नेता तथा मतदाताहरू अर्को बेग्लै टेन्टमा बसेका छन्।

एमाले नेतृ अस्टलक्ष्मी शाक्य, मुनु सिग्देल र हेटौडा उपमहानगरककी उपमेयर मिना लामा लगायत नेपाल समूहका एक स्थानमा छन । उनिहरु प्रतिपक्षी सगै बसेका हुन।

यता ओली पक्षिय बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल लगायतको टोली भने अर्को टेन्टमा बसेको छ। केन्द्रमा एमाले मिल्दै गएपनि आजको निर्बाचनमा नेपाल समुहले बादललाई नभै खिमलाल देबकोटालाई मतदान गर्ने बताउदै आएको छ ।

उपनिर्वाचनमा बागमती प्रदेशसभा सदस्य ११० तथा बागमती प्रदेशअन्तर्गतका पालिका प्रमुख र उपप्रमुखहरु गरी ३४८ मतदाता छन् । मतदातामध्ये प्रदेशसभा सदस्य पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको छ । निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ ।

बिहान ९ बजेबाट सुरु भएको मतदान दिउसो ३ बजे सम्म हुनेछ भने नतिजा पनि आजै आउने आयोगले जनाएको छ ।

  • प्रकाशित मिति : जेठ ६, २०७८, बिहीवार ०४:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८