आज सरकारले ३० अस्पतालमा निशुल्क उपचार हुने जनाएको छ
जेष्ठ ५,२०७८
चितवन । सरकारले थप ३० वटा अस्पतालमा कोरोनाको निशुल्क उपचार गर्ने भएको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चितवन ३ सहित थप ३० वटा निजी तथा सामुदायिक अस्पताल तथा मेडिकल कलेजहरुको कोरोनाको निशुल्क उपचार हुने भन्दै अस्पताल सूची सार्वजनिक गरेको छ ।
बाग्मती प्रदेश अन्तर्गत चितवनको चितवन मेडिकल कलेज ,कलेज अफ मेडिकल साइन्स भरतपुर (पुरानो मेडिकल कलेज )र बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोरोनाको निशुल्क उपचार हुने छ । यी बाहेक बाग्मती प्रदेशमा अन्य १६ वोटा अस्पताल रहेका छन।
यस्तै प्रदेश १ मा नोबेल मेडिकल कलेज शिक्षण अस्पताल, प्रदेश २ मा नेशनल मेडिकल कलेज विरगन्ज र जानकी मेडिकल कलेज जनकपुर रहेका छन् ।
यता गण्डकी प्रदेशमा २ अस्पताललाई तोकिएको छ भने सुदुरपश्चिम् प्रदेशमा ६ अस्पताललाई कोरोनाको निशुल्क उपचार गर्न भनी तोकिएको छ ।
अन्य अस्पतालको सूची यसप्रकार छ :

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८