• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

फेरि लमजुङमै गयो ५.३ रेक्टरको भुकम्प

  • खबरदाता

फेरि लमजुङमै गयो ५.३ रेक्टरको भुकम्प

जेष्ठ ५,२०७८

लमजुङ्ग आसपास केन्द्रविन्दु भएर फेरि भूकम्प गएको छ । बिहन ८ बजेर २६ मिनेटमा भुकम्प गएको छ।चितवन लगायतका जिल्लामा धक्का महसुश गरिएको थियो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले आसपास नै केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

आजै बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङ्गको भुलभुले केन्द्रविन्दु ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

अहिले गएको भूकम्प सोही भूकम्पको परकम्प रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रकाले जनाएको छ ।

मापन केन्द्रका अनुसार बुधबार गएका दुवै भूकम्प २०७२ को वैशाखमा गएको भूकम्पका परकम्प रहेको हो।पुन परकम्प जान सक्ने भएकाले सचेत रहन आग्रह गरेका छन् ।

  • प्रकाशित मिति : जेठ ५, २०७८, बुधवार ०३:१२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८