जेष्ठ ४,२०७८-केपी शर्मा
चितवन । भरतपुर महानगर र आफुलाइ मुछेर गरिएको समाचार प्रती भरतपुर महानगर प्रमुख रेनु दाहालले आपत्ति जनाएकी छिन।
केही अनलाइन समाचार माध्यमहरुले चितवनको भरतपुर महानगरपालिकाले कोरोनाका संक्रमितहरुको शब ब्यबस्थापनमा अत्याधिक रकम असुलेको भन्ने समाचार संप्रेसण गरेका थिए ।
महानगर प्रमुख दाहालले सामाजिक संजाल मार्फत अनावश्यक र हावादारी समाचार प्रकाशन र प्रसारण नगर्न अनुरोध सहित चेतावनी समेत दिएकी छिन।
यस्ता अनावश्यक र भ्रामक समाचारमा सुधार नभए आफु कानुनी उपचार जाने समेत उनले भनेकी छिन।
उनले कोरोनाबाट मृत्यु भएकाहरुको शब ब्यबस्थापन गर्ने काम महानगरको नभई केन्द्रिय सरकारको दायित्व भएको र सोही अनुसार हुँदै आएको बताएकि छिन। बरु त्यसको सहजिकरणको लागि महानगरले निशुल्क रुपमा चालक सहितको जेसिबी उपलब्ध गराएको उनले बताएकि छिन।साथै अहिले भरतपुर महानगरले संक्रमितलाइ अस्पताल र घर सम्म पुर्याउन ४ वटा एम्बुलेन्स निशुल्क उपलब्ध गराएको उनको भनाइ छ ।
उनले भनेकी छिन ,’ कोरोना संक्रमितको लागि अक्सिजन सहितको ३० बेड समेतको सेक्सन तयार पारिएको छ । साथै महानरले विभिन्न चार स्थानकाबाट एन्टिजेन परिक्षण समेत निशुल्क रुपमा गर्दै गराउदै आएको छ ।’
संजालमा उनले भनेकी छिन ,; समाजमा जसको काम हुदैन र समाजप्रति उत्तरदायी हुँदैन त्यसैले मात्र यस्ता भ्रामक र अनर्गल समाचार प्रसारण गर्छ। यस्ता समाचारले हामीलाइ थप काम गर्ने हौसला प्रेरित गर्छ।’
कोरोना मात्र हैन हरेक महामरी र समस्या प्रति महानगर जनताहरु माझ सधै संगै रहने र रहदै आएको समेत दाहालले बताएकी छिन।
केहि दिन अधि प्रचण्डकि छोरिको महानगरमा लाशमा पनि लुट भन्दै समाचार आएको थियो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८