• भदौ ७, २०८३, आइतवार Sunday, 23 August, 2026

करणि प्रतिकार भन्दै महिलाद्वारा पुरुषको हत्या

  • खबरदाता

करणि प्रतिकार भन्दै महिलाद्वारा पुरुषको हत्या

जेष्ठ ३,२०७८

चितवनमा हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकि छिन।

इच्छाकामना गाउँपालिका ५ का ६५ वर्षिय गोपि प्रजाको हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने बर्ष ४५ कि काइली भन्ने सर्किना चेपाङ पक्राउ परेकी हुन।

जिल्ला प्रहरी कार्यालय चितवनले चेपाङलाई जेष्ठ २ गते उनकै घर नजिकबाट पक्राउ गरेको थियो।

प्रहरीका अनुसार बैशाख ३१ गते इच्छाकामना ५ स्थिति तीन नम्बर पुल नजिकै प्रजाको शब भेटिएको थियो । मृतकको टाउकोमा गम्भीर खालको चोट देखेपछी प्रहरीले अनुसन्धान गर्दै जाँदा निज चेपाङ पक्राउ परेकी हुन।

पक्राउ परेकी चेपाङले प्रजाले आफूसंग सारिरिक सम्बन्धको प्रस्ताव राख्न खोजेको आरोप लगाएकी छिन। सो प्रस्ताव इन्कार गर्दा जबर्जस्ति गरेको र सोहि क्रममा प्रतिरक्षा गर्दा आफुसंग भएको खुर्पाको प्रयोग गरि आफू जोगिएको बयान दिएको प्रहरीले जनाएको छ ।

निज सर्किना चेपाङलाई प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

  • प्रकाशित मिति : जेठ ३, २०७८, सोमवार ०८:२३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८