• वैशाख ८, २०८१, शनिवार Saturday, 20 April, 2024

गैंडाकोटमा जेष्ठ १० गते सम्म औषधि र दूध बाहेकका सबै पसल बन्द

  • खबरदाता

गैंडाकोटमा जेष्ठ १० गते सम्म औषधि र दूध बाहेकका सबै पसल बन्द

जेष्ठ २,२०७८

जेष्ठ १० गते सम्म गैंडाकोट नगरपालिका भित्र औषधि र दूध तथा पानी बाहेकका सबै पसलहरु बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना संक्रमितको संख्या थपिदै गएपछी गैंडाकोट नगरपालिकाले थप सतर्कता अपनाउँदै यो निर्णय गरेको हो।

बिपद ब्यबस्थापन समितिको आइतबार बसेको बैठकले जेष्ठ ३ गते राती १२ बजे देखि १० गते राती १२ बजे सम्मका लागि यो निर्णय लागू हुने निर्णय गरेको जनाएको छ ।

नगरपालिका अन्तर्गत रहेका सबै वडा कार्यालयहरुमा पनि सो अबधिमा फोहोरमैला र स्वास्थ्य सम्बन्धि कार्यबाहेकलाई बन्द गरिएको छ ।
नगरपालिका क्षेत्र भित्र संचालित सबै बैंक तथा बित्तीय संस्थाहरु न्युनतम कर्मचारीको उपस्थितिमा हप्ताको दुई दिन अर्थात सोमबार र बिहीवार मात्र संचालन गराउन नगरपालिकाले सबैमा अनुरोध गरेको छ ।

बिवाहा , बर्तबन्ध , पुजाआजा तथा अन्य चाडपर्ब जस्ता कार्यहरु समेत नगराउन सर्बसाधारणमा नगरपालिकाले भनेको छ । मरिमाराउ परि मलामी जानू परेमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर १५ जना भन्दा धेरै सहभागी नहुन समेत सबैलाई जानकारी गराइएको छ ।

  • प्रकाशित मिति : जेठ २, २०७८, आइतवार ०८:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८