चितवनमा निर्माणका सवारी साधन २ बजे सम्म चल्न पाउने

  • खबरदाता
  • जेठ ०२, २०७८

जेष्ठ २,२०७८
चितवन जिल्लामा निर्माण सामाग्री ढुवानी गर्ने सवारीसाधनले निर्बाध रुपमा चल्न पाउने भएका छन।

तर त्यस्ता सवारीसाधनले दैनिक बिहान ६ बजे देखि दिउँसो २ बजे सम्म मात्र सामाग्री ढुवानी गर्न र गराउन पाउने छन।

जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार संसोधन सहितको आदेस जारी गर्दै सो कुराको उल्लेख गरेको हो। यश अघि जारी आदेशमा त्यस्ता सवारीसाधनले साँझ ५ बजे देखि बिहान ६ बजे सम्म मात्र ढुवानी गर्न पाइने भन्ने उल्लेख थियो।

साथै जिल्लाको राजमार्ग प्रयोग गर्ने गरि संचालन हुने अत्यावश्यक सामाग्री बोक्ने, पुर्‍याउने , फर्कने सबै सवारीसाधनले बाटोमा कतै नरोकिने गरि आवत जावत गर्न पाउने समेत संसोधित आदेसमा उल्लेख गरिएको छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८