चितवनमा अब हप्तामा तीन दिनमात्र बैंक खुल्ने

  • खबरदाता
  • बैशाख ३१, २०७८

बैशाख ३१,२०७८

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा लाई पुन निरन्तरता दिएको छ ।

साथै जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेस अनुसार जिल्ला भर रहेका बैंकहरु हप्तामा ३दिन मात्र संचालन गर्न पाइने भएको छ । अब आइतबार , मंगलबार र बिहिवार बिहन १० बजे देखि दिउँसो १ बजे सम्म मात्र बैकहरु संचालन हुने छन। बैंक बाहेकका अन्य बित्तीय सस्था , इन्स्योरेन्स ,मनि एक्सचेञ्ज तथा सहकारीरु भने संचालन गर्न नपाइने भएको छ ।

औसधि , पेट्रोल पम्प , ग्यास डिपो, अक्सिजन लगायतका पसलहरु भने संचालन गरिने छन।उद्योग हरुले संचालन गर्दा सबै कर्मचारीको आवास ब्यबस्थापन पनि गर्नु पर्ने भएको छ ।

अब होटेलहरुले दिदै आएको टेक अबे सेवापनि हाललाई बन्द गर्न भनिएको आदेसमा उल्लेख छ ।

पहिलो चरणमा गरिएको निषेधाज्ञाले कोरोना संक्रम रोक्न सहयोग गरेको प्रशासनको बुझाइ छ । सो निष्कर्षसहित जिल्ला प्रशासनले थप दुई साता निषेधाज्ञा थपेको हो।

दोस्रो चरणमा थप गरिएको निषेधाज्ञामा थप कडाइ गरिएको छ । त्यसका लागि नयाँ आदेशमा प्रतिबन्धहरूमा थप कडाइ गरिएको छ । अब विवाह, ब्रतबन्ध जस्ता समारोहमा १० जनासम्म मात्रै सहभागी हुन दिइने भएको छ । यश अघि १५ जना सम्मलाई अनुमति दिइएको थियो।

अत्यावश्यक खाद्यान्न, तरकारी, औषधिजस्ताबाहेक अरु बिहान ६ देखि ९ बजेसम्म मात्रै खरिद बिक्री गर्न पाइने भएको छ । त्यसबाहेक आवश्यक खानेकुरा आइतबार, मंगलबार र बिहीबार मात्रै किन्न पाइने भएको छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८