• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

प्रधानमन्त्री फेरि ओली , आज सपथ

  • खबरदाता

प्रधानमन्त्री फेरि ओली , आज सपथ

बैशाख ३१,२०७८

केहि दिन अधि सदनमा बिश्वासको मत गुमाएका प्रधानमन्त्री केपी शर्मा ओली पुन प्रधानमन्त्री पुन नियुक्त भएका छन।

उनलाइ रास्ट्रपति बिधादेबि भण्डारीले सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको बिहीबार राती संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् । साथै नब नियुक्त प्रधानमन्त्री ओलीले शुक्रबार दिनको २ बजे शितलनिवासमा सपथ खाने कार्यक्रम रहेको छ ।

बहुमतीय सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको समयसीमा बिहीबार राति ९ बजे सकिनै लाग्दा अन्य कुनै पनि दलले प्रधानमन्त्रीपदमा दाबी नगरेपछी ओलीलाई प्रधानमन्त्री नियुक्तीको बाटो खुलेको थियो।

यस अघि नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षले वैकल्पिक सरकार गठनको निकै प्रसाय गरेपनि त्यो सार्थक हुन सकेन । समीकरणका लागि निर्णायक मानिएको जसपाको महन्थ ठाकुर पक्ष ओलीको विकल्पमा अर्को सरकार बनाउन राजी नहुनु र माधव नेपाल पक्षले राजीनामा नदिँदा वैकल्पिक सरकार गठनको सम्भावना टरेको हो ।
ओलीले बैशाख २७ गते सदनमा बिश्वासको मत गुमाएका थिए।

  • प्रकाशित मिति : वैशाख ३१, २०७८, शुक्रवार ००:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८