यस्तो छ गण्डकीको सात्ता समीकरण !

  • खबरदाता
  • बैशाख २८, २०७८

गण्डकीमा मुख्यमन्त्री दाबी गर्ने आज अन्तिम दिन

बैशाख- २८,२०७८
पृथ्वीसुब्बा गुरुङले २६ वैशाखमा मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। उनले राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र सरकार गठन गर्न दलहरूलाई आह्वान गरेकी थिइन्।

उनले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम सरकार गठनका लागि आह्वान गरेकी थिइन्। धारा १६८ मा प्रदेश मन्त्रिपरिषद् गठनसम्बन्धी व्यवस्था रहेको छ।

यसको उपधारा ९१० प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ। अहिले प्रदेश सभामा कुनै पनि दलको बहुमत छैन।

त्यस्तैले प्रदेश प्रमुख पौडेलले उपधारा ९२० बमोजिम सरकार गठनका लागि आह्वान गरेकी हुन। उपधारा ९२० मा भनिएको छ, “प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहमुत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्त्री नियुक्त गर्नेछ।”

यहि व्यवस्था अनुसार प्रदेश प्रमुखले मिलिजुली सरकारका लागि दलहरूलाई तीन दिनको समय दिएकी हुन्। आज गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने दलहरूले मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुपर्नेछ।

गण्डकी प्रदेश सभा ६० सदस्यीय छ। प्रदेश सभामा एमालेका २७, नेपाली कांग्रेसका १५, नेकपा (माओवादी केन्द्र)का १२, जनमोर्चाका तीन, जनता समाजवादी पार्टी ९जसपा०का दुई र एक जना स्वतन्त्र सांसद छन्। सरकार गठनका लागि ३१ सांसद चाहिन्छन्।

अहिले कांग्रेस, माओवादी, जसपा र जनमोर्चाले सरकार गठन गर्ने प्रयास गरिरहेका छन्। चारै दलको गरेर ३२ सांसद हुन्छन्।

एमालेलाई पुनः सरकार गठन गर्न जनमोर्र्चा समर्थन गरे पुग्छ। स्वतन्त्र सांसद राजीव गुरुङ ९दीपक मनाङ्गे०ले मुख्यमन्त्री गुरुङलाई साथ दिँदै आएका छन्।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८