• वैशाख ६, २०८१, बिहीवार Thursday, 18 April, 2024

काङ्ग्रेसले भन्यो , संबैधानिक परिषद बैठकमा भाग लिन्नौं

  • खबरदाता

काङ्ग्रेसले भन्यो , संबैधानिक परिषद बैठकमा भाग लिन्नौं

 

बैशाख २५,२०७८

नेपाली काङ्ग्रेसले संवैधानिक परिषद् बैठकमा भाग नलिने कांग्रेसको निर्णय गरेको छ । शनिबार पार्टी सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै बैठकमा भाग नलिने जानकारी दिएका हुन् ।

लोकतान्त्रिक पद्धतिमा संविधान बमोजिम संवैधानिक निकायहरुले सरकारको काम कारबाहीको अनुसन्धान गर्ने भएको हुँदा यी निकाय अनिवार्य स्वतन्त्र र निष्पक्ष हुनु पर्नेमा काङ्ग्रेसको जोड छ।

अहिलेको अध्यादेश संविधानको विशिष्ठ व्यवस्था र मूल भावनाका विपरित रहेको र यसले संविधानको आधारलाई नै भत्काउने कार्य गरेको उनले दाबी गरे ।

कानून निर्माण र संशोधन गर्ने संसदको आधारभुत, मौलिक एवं अविछिन्न अधिकारलाई कुण्ठित गरी अध्यादेशका मार्फत संविधानको संरचना नै भत्किने गरि पटक–पटक अध्यादेश जारी गर्ने काम भएको भन्दै देउवाले सरकारले वदनियतपूर्वक षडयन्त्रमूलक ढंगले अध्यादेश जारी गरेको बताए ।

अध्यादेश संवैधानिक परिषद्को कार्य विधिलाई नै प्रभावित गरी संवैधानिक निकायमा पार्टीगत नियुक्ति गर्ने कलुषित मनसायबाट प्रेरित भएको भन्दै उनले नेपाली कांग्रेस संविधानको मुल मर्ममा प्रहार गरि संवैधानिक संरचनालाइ नै भत्काउने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने बताए ।

  • प्रकाशित मिति : वैशाख २५, २०७८, शनिवार ०७:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८